सीमामा अलपत्र नेपालीको उद्धारका लागि भीम रावलको ६ सुझाव

596
SHARES
359
VIEWS

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भीम रावलले सीमा अलपत्र र विदेशमा समस्यामा परेका नेपालीको उद्धारको लागि ६ उपाय दिनुभएको छ । समस्यामा परेका नेपालीका कसरी उद्धार गर्न सकिन्छ ? भन्ने विषयमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा नेता रावलले ६ उपाय प्रस्तुत गर्नुभएको हो ।

विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरुको सम्बन्धमा सरकारको स्पस्ट नीति हुनुपर्ने, विदेशमा रहेका नेपालीहरुलाई वर्गिकरण गरी नेपाल ल्याउने र स्वास्थ्य उपचार तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, आफ्नै खर्चमा आउन सक्ने र बेखर्ची भई अलपत्र परेका नेपालीको विवरण तयार गरी उद्धार गर्ने, भारतसँगको सीमामा आइसकेकाहरुको लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गर्ने र क्वारेन्टाइनको व्यवस्था गरी तत्काल देशभित्र ल्याउने, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरु रहेका देशका सरकारसँग वार्ता गरी नेपालको ठोस प्रस्ताव पठाउने, नेपाल नल्याउँदा सम्मका लागि सम्बन्धित देशले खाने बस्ने र स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने र प्रवासमा रहेका नेपालीहरुको नियमित जानकारी लिन छुट्टै निकाय निर्माण गर्नुपर्ने उहाँको सुझाव छ ।

सांसद रावलले विदेशमा रहेका नेपालीहरुले गुनासो राख्ने ठाउँसमेत नरहेको बताउनुभयो । उहाँले परराष्ट्रय मन्त्रालय र श्रम मन्त्रालयका संयन्त्रहरु भएपनि गुनासो नसुन्ने भएकाले नेपालीहरु अलपत्र परेको बताउनुभयो ।

‘विदेशमा रहेका नेपालीहरुले गुनासो राख्ने ठाउँपनि छैन् । त्यो कुरालाई अनुगमन गर्ने ठाउँपनि छैन’ उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालय भनेर विदेश मामला हेर्ने भन्ने त छ तर त्यसले विशेष रुपमा केही पनि हेर्दैन् । श्रम मन्त्रालयले पनि केही पनि हेर्दैन् । अव यस्तो अवस्था भइरहयो भने यसले नेपालको अन्तर्रा्ष्ट्रिय क्षवि विगार्नुका साथसाथै भोली एकैचोटी नेपालीहरु खासगरी भारत प्रवासबाट लाखौंको संख्यामा सिमानामा आए भने यसले अत्यन्तै ठूलो संकट हाम्रा सामु उपस्थित हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार