आज जेठ ४ गते आइतवार, यस्तो छ हेर्नुहोस तपाइको आजको राशिफल

122
SHARES
680
VIEWS

वि.सं. २०७७ जेठ ४। आइतवार। इ.स. २०२० मे १७। ने.सं. ११४० बछलागा। ज्येष्ठ कृष्णपक्ष। दशमी, १४ः०२ उप्रान्त एकादशी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। फसेको रकम उठाउन काम दोहोर्याउनुपर्ला।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहान अरूका काममा जुट्नुपरे पनि पछि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तारिफयोग्य काम गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुनेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। भाग्यले मिहिनेतको प्रतिफल दिलाउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा भने न्यून लाभांश देखा पर्नेछ। आयआर्जनका सामान्य स्रोत फेला पर्नेछन्। तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। खर्चको मात्रा बढ्नेछ। सरसापटमा पनि धन बाहिरिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यावसायिक कामले रमाइलो यात्रा गराउन सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तापनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि आंशिक लाभ उठाउन भने सफल भइनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा पछि परिने भयले सताउनेछ। तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। परिस्थिति अप्ठ्यारो देखिए पनि बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। आँटेको काममा सफलता पाइनेछ। पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानै खर्चिलो समय देखिएकाले बिस्तारै नयाँ काम गर्न शुभ हुनेछ। केही खर्च र दौडधुप गर्नुपरे पनि दिन रमाइलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार