नेपालमा निको भएका तीन जनामा पुनः कोरोना पोजेटिभ

22
SHARES
123
VIEWS

नेपालमा निको भएर घर गएका तीन जनामा पुनः कोरोना संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो।

डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुनः कोरोना पोजेटिभ देखिएका रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ भने काठमाडौंको सनसिटी अपार्टमेन्टका संक्रमितलाई पाटन अस्पतालमा भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार