‘लकडाउन’को अवधि सातदेखि १० दिनसम्म बढाउन सिफारिस

16
SHARES
89
VIEWS

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’लाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको समितिको २३औं बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्नेगरी लकडाउनको अवधि बढाउन सुझाव दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति सही भएको ठहर गर्दै अवधि बढाउन सिफारिस गरेको जानकारी दिए ।

स्रोतकाअनुसार लकडाउनको अवधि सातदेखि १० दिन थप्ने तयारी रहेको छ । समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार