क्वरेण्टाइनमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता

20
SHARES
112
VIEWS

क्वरेण्टाइन केन्द्रमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमणको कारण भारतको ’रेज जोन’ मा परेको ओडिशाको भद्रक जिल्लाको तिहाडीमा बनाइएको क्वरेण्टाइन सेन्टरमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लङ्घन गर्दै टिकटकको भिडियो बनाएका थिए। स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ। भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ। स्थानीय थानाका अधिकारी रमेश सिंहले मुद्दा दर्ता भएपछि अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार