आजको मौसम :हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

39
SHARES
217
VIEWS

आज (सोमबार) पनि देशैभरका केही स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना देखिएको छ। मौसस पूर्वानुमान महाशाखाका अनुसार तराएै पहाड दुवै भेगका कुनै पनि स्थानमा वर्षा हुन सक्ने भनिएको हो। मध्य क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना बढ्दै गएको छ।

पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने देखिए पनि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा भने त्यसअगाडि नै वर्षा हुने देखिएको मौसस पूर्वानुमान महाशाखाले जनाएको छ। साथै यो प्रिमनसुनको सिजन भएकाले साथमा हावाहुरी र चट्याङको पनि सम्भावना रहेको मौसमविदहरुले जनाएका छन्।

पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा पनि प्रवेश गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार