पवन भण्डारी ,धनगढी । जारी लक डाउनका कारण भारतका बिबिन्न सहरहरु मा रहेका नेपाली हरु अलपत्र परेका छ्न । भारतका विभिन्न शहरहरुमा काम गर्दै आउनु भएका नेपालीहरु एक्कासि लकडाउन हुदा अलपत्र परेका हुन । बिशेष गरि होटल तिर काम गर्ने र नेपाल बाट उपचार गर्न भनी गएका नेपालीहरु अलपत्र मा परेका हुन ।
लकडाउन सुरु भए को १ महिना सम्म आफुहरुले पहिला आफु सङ्ग भएको रकम ले रासन किन्दै काम चलायको भएपनि हाल भने आफुहरु सङ्ग पैसा पनि नभएको ,र कोहि कसैले पनि राहत नदिएको भारतको हरियाणामा अलपत्र अछामका शिव राज भण्डारी ले बताए ।
राहत दिन्छौ भन्दै करिब १० जना जतिले लिस्ट लिएर गएपनी कहि कतै बाट राहत न आयको उनको दुखेसो छ । आफू अलपत्र अवस्थामा रहेको बारे भारत स्थीत विभिन्न संघ सस्थाहरुलाई खबर गरेको भएपनी कहिकसैले पनि वास्ता नगरेको बताए ।
आफुहरु करिब १ सय ५० जना जति अलपत्र मा रहेको भन्दै नेपाली राजदुतावास मा पटक पटक फोन गर्दा पनि राजदुत ले फोन नै रिसिभ नगर्ने गरेको उनले बताए । तेस्तै मध्ये प्रदेश को नागदा मा करिब १४ जना नेपाली अलपत्र परेका छन ।
लकडाउन का कारण ब्यापार ब्यावसाय बन्द हुदा मालीक ले तलब नदिदा एक छाक टार्न समेत मुस्किल भैइ रहेको नागदा मा अलपत्र लक्ष्मण भुलले बताए ।
भएको पैसा जति एक महिनामै सकियो अब के खाने गर्ने निकै चिन्ता बढेको छ उनले भने सरकार भोकै मर्नु परे आफ्नै देसमा मर्छौ नेपाल आउने बाताबरण बनाउनु पर्यो । राहतका लागि विभिन्न ठाउमा खबर गरेको भए पनि कोहि कसैले पनि राहत नदिएको उनले बताए ।
आफू करिब ४५ दिन मात्र उपचार गर्नको लागि भारत पुगेको बताउदै भुलले भन्नुभयो उपचार त परै जावस बाच्न नै मुस्किन भएको दुखेसो पोखे ।
हामीलाई सरकार ले नेपाल आउने बाताबरण मात्र बनाईदिनु पर्यो हामी क्वारेन्टाइन मा जति पनि बस्न तयार छौ भोकै मर्नु भन्दा आफ्नै देसको एक गिलास पानी खायर मर्छौ उनले भने ।
तर नेपाल सरकार ले भने हरेक नेपालीहरु जो जहाँ भए पनि सुरक्षित बस्न भन्दै तत्काल नेपाल ल्याउन नसकिने बताएको छ ।
Discussion about this post