सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादलाई लिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना गर्ने र उपाध्यक्ष वामदेव गौतमलाई अनुकूल समयमा प्रतिनिधिसभामा लाने निर्णय गरेर टुङ्ग्याइएको छ।
माधव नेपाल र प्रचण्ड पक्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा नगराइ नछोड्ने र ओली पक्षले सबै कुरा ठिक मात्रै गरेकोले झुक्दै नझुक्ने भन्ने अहंकारको आगोमा द्विपक्षीय आत्म(आलोचना, वामदेवलाई प्रतिनिधिसभाको आश्वासन र स्थायीसमिति बैठक बोलाउने सहमतिको पानी छर्किएर तत्कालका लागि विवाद साम्य गर्ने प्रयाश भएको छ।
शनिबार साँझ साढे ५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेका कमी कमजोरी तथा पार्टीलाई छलेर भए गरेका निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले आत्मआलोचना गरेका हुन्।
Discussion about this post