उत्तर कोरियाली कम्युनिस्ट शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अड्कलबाजी चलिरहेका थिए ।
केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार उन सार्वजनिक भएर कार्यक्रममा आउँदा उपस्थित व्यक्तिहरूले तालीको गडगडाहटले स्वागत गरेका थिए ।
किम जोङ उनसँगै बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीहरू समेत सहभागी रहेका थिए । सरकारी मिडियाको समाचारमा कार्यक्रमको कुनै पनि तस्वीर भने सार्वजनिक गरिएको छैन । यसअघि उनी १२ अप्रिलमा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको चर्चा हुँदै आएको थियो ।
Discussion about this post