काठमाडौं । छिमेकी मुलुक भारतमा ‘लकडाउन’को समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ। भारत सरकारले यसअघि लागू गरेको ‘लकडाउन्’को समयावधि आगामी २१ वैशाखमा सकिँदै छ ।
यही बखत दुई साता लम्ब्याउने निर्णय भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । ‘लकडाउन्’बारे निर्णय लिन प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार (आज) उच्चस्तरीय बैठक बोलाएका थिए ।
करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए । आजसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ ।
Discussion about this post