भारतको केरला राज्यमा रहेको वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिबाना गरिने जनाएको छ। केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन्। केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएको हो।
त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक मात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरीवाना दिने बताइएको छ। पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ।
केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरस सङ्क्रमितहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन्। यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ।
Discussion about this post