वामदेवलाई प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताव

89
SHARES
494
VIEWS

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार राति सम्पन्‍न सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ’राजनीतिक कार्ड’ फ्याकेका छन्। बुधबार साँझ ५ बजेदेखि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा परेको अवस्थामा ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन्। ओलीले बैठकलाई सम्बोधन गर्दै नकेपाको राजनीतिक समीकरणमै फेरबदल ल्याउने प्रस्ताव अघि सारेका हुन्।

अहिले आफूविरुद्ध आक्रमक बनेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत शान्त बनाउने रणनीति अनुरुप ओलीले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एकजना सचिवालय सदस्यले जानकारी दिएका छ्न। ती सचिवालय सदस्यका अनुसार ओलीले अहिले आफूले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद त्याग्नु परेको अवस्थामा फरक नेकपाको राजनीतिक समीकरण नै फेरबदल हुन सक्ने गरी वामदेव गौतम र माधवकुमार नेपाललाई अघि सारेका हुन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ‌ओलीले अब नयाँ नेतालाई अवसर दिने भन्दै भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष वामदेव गौतमलाई अघि सारेका हुन्। अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीको ढोका खोल्ने रणनीति ओलीले सारेका हुन्। यस्तो अवस्थामा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि संविधान नै संशोधनको रणनीति पनि अख्तियार गरेका छन्। थप समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार