अछाममा चट्याङ लागेर १० बाख्रा मरे

41
SHARES
230
VIEWS

माधब तिमिल्सैना, अछाम । अछाममा फेरी चट्याङ परेको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालीका वडा नम्वर ७ पुल्लेतोला तुर्वनमा परेको चट्याङले स्थानियका १० बाख्रा मरेका छन् ।

पुल्लेतोला तुर्वन शान्ति फर्मका ५० बाखा्र जङ्गलमा चराउन लगेका बेला दिउसो ४ बजे परेको चट्याङले १० बाखा्र मरेका स्थानियले बताएका छन । अहिलेसम्म ४ बाखा्र भेटिएका र बाकी ३६ बाखा्र बेपत्ता रहेको पुल्लेतोला तुर्वन शान्ति फर्मका सञ्चालक कटक बहादुर बटालाले बताउनुभएको छ ।

यस्तै पुल्लेतोलामा आजै परेको चट्याङले पुल्लेतोलाका ४५ बर्षका जगत रावलको दाया हात र ४७ बर्षका टेक बहादुर बटालाको बाया हातमा गम्भिर चोट लागेको छ । दिउसो ४ बजेको समयमा घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार