लकडाउनबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

40
SHARES
221
VIEWS

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ। बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लमब्याउने सिफारिस सरकारसमक्ष गरेको हो। समितिको सिफारिसपछि आवश्यक छलफल गरेर आज बस्‍ने मन्त्रिपरिषद्ले थप निर्णय लिनेछ । शनिबार सिंहदरबारमा समितिका पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह‍्‍य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्‍ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार