लकडाउनबारे भोलिको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

45
SHARES
252
VIEWS

काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ । उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।

लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प छन् भने जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार