तुर्माखाँद गाउँपालिकाले अलपत्र २० मजदुरको उद्धार गर्‍यो

46
SHARES
258
VIEWS

टेकराज भण्डारी,अछाम । सिन्धुपाल्चोक, काठमाण्डौँ र चितवनमा अलपत्र परेका अछामको तुर्माखाँद गाउँपालिकाका २० जना मजदुरलाई उद्धार गरी अछाम पठाईएको छ ।

कोरोना भाईरस संक्रमण रोकथामका लागि लगाईएको लक डाउनका कारण विभिन्न जिल्लामा रहेका मजदुरहरु अलपत्र परेका र अवस्था नाजुग बन्दै गएपछि गाउँपालिका, जनप्रतिनिधि र काठमाण्डौँमा बस्ने विद्यार्थीको पहलमा उनीहरुलाई उद्धार गरी सुरक्षित क्वारेन्टाईनमा बस्ने गरी अछाम पठाईएको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा काम गर्ने १३ जना मजदुरलाई अछाम पठाउछु भन्दै ठेकेदारले काठमाण्डाँैमा अलपत्र पारेको र अन्य ठाउँमा पनि मजदुरी गरी खाने व्यक्ति अलपत्र परेपछि गाउँपालिकाको आर्थिक सहयोगमा उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो ।

उद्धार गरी ल्याईएकाहरुलाई गाउँपालिकाले विभिन्न वडामा स्थापना गरेका क्वारेन्टाईनमा राखिने अध्यक्ष शर्माले बताउनु भयो । उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिने छ । उनीहरुलाई गाडीभाडाका लागि मात्रै १ लाख बढी तिर्नुपर्ने भएको छ ।

विभिन्न सरोकारवाला निकायसंग समन्वय र पासको व्यवस्था गरी गाडी रिजर्भ गरेर अलपत्र मजदुरलाई घर पठाईएको काठमाण्डौँमा रहेका विद्यार्थी सिद्धप्रसाद ढुंगानाले बताउनु भयो । हाल गाउँपालिकामा विभिन्न ठाउँबाट आएका २१ जना क्वारेन्टाईनमा रहेको समेत गाउँपालिकाले जनाएको छ ।

भारत तथा छिमेकी जिल्लाबाट अनधिकृत रुपमा गाउँ फर्किने गरेकोमा गाउँपालिकासंग सिमा जोडिएका दैलेखसंगका ६ वटा र सुर्खेतसंगका ३ झोलुंगे पुल समेत बन्द गरिएका गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई पूर्व र दक्षिणतिरबाट कर्णाली नदीले घेरेको छ ।

बाहिरबाट आएका व्यक्तिहरुलाई बस्नको लागि हरेक वडामा क्वारेन्टाईनको स्थापना गरिएको छ ।“हरेक वडामा क्वारेन्टाईन बनाएको छ, र गाउँपालिकामा अली बढी व्यक्ति अट्ने क्षमताको क्वारेन्टाईन निर्माण गरेका छौँ ” अध्यक्ष शर्माले भन्नुभयो ।

गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका लक्षित वर्गलाई राहत वितरण समेत गरीरहेको भन्दै अध्यक्ष शर्माले गाउँपालिकाले २० लाखको राहत कोष स्थापना गरेको जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार