अछाम । सुदूरपश्चिम प्रदेशको अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका ८ जनाले कोरोना बिरुद्धको लडाई जितेर घर फर्केका छन् ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको ८ जनाको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कोरोनालाई पराजित गर्दै सम्पुर्ण परिवार एकसाथ घरमा भेट हुँदा खुशीले म गदगद भएको छु ।
साथै उनले सम्पूर्ण स्वदेश र विदेशमा रहनुभएका आमाबुबा दाजुभाई दिदीबहिनी, पत्रकार, कलाकार विद्यार्थी, व्यवसायी सम्पूर्ण अग्रज, शुभचिंतक सम्पूर्ण देशवासी मान्यजनमा नमन सहित धन्यवाद ज्ञापन गरेका छन । भगवान देवि देउताको कृपाले आज सिंगो परिवार २६ दिन अस्पतलाको कष्ट झेलेर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस जितेर निको भई घर फर्कन पाउदाँ खुशी लागेको बताएका छन् सुदूर आजबाट
Discussion about this post