मस्टामाण्डौ मन्दिर निर्माण उपभोक्ता समिती विनायकको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ मा रहेको मष्टामाण्डौ मन्दिर जाने सिडि निर्माण उपभोक्ता समितीद्धारा आय ब्याय प्रस्तुत गर्दै सामाजिक दुरी कायम गरि एक कार्यक्रमका बिच सार्वजानिक सुनुवाई गरिएको हो ।
निर्माण उपभोक्ता समितीका अध्यक्ष कृपा धामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न शिर्षकमा खर्च भएको बजेट रकम प्रस्तुत गरिएको थियो ।
जसमध्य जनश्रमदानबाट २ लाख ८८ हजार ७ सय २० रुपँया र बिनियोजित बजेटबाट १२ लाख ३८ हजार ७ सय २० गरि जम्मा १२ लाख ३८ हजार ७ सय २० रुपयाँ बराबरको आयब्याय प्रस्तुत गरिएको थियो ।
निर्माण सम्पन्न काम प्रभावकरी भएको भन्दै सहभागीहरुले खुसी ब्यक्त गरेका छन । साथै आम नागरिकहरुले उपभोग गर्ने मष्टामाण्डौ मन्दिर जाने बाटो प्रभावकारी र गुणस्तरिय भएको भन्दै उपभोभोक्ता समितीलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
सार्वजानिक सुनुवाई कार्यक्रममा वडा नम्वर २ का वडा सदस्य ललित बहादु्र शाही,भावना धामी कृर्षी सेवा साखा प्रमुख महाजित बिक, जाल्पेश्वरी माबीका प्रधानाध्यापक नवराज न्यौपाने ,पत्रकार उपभोक्ता समिती सदस्य,समाजसेवी,बुद्धीजिवी लगायतको सहभागीता रहेको थियो । भने कार्यक्रमको सन्चालन भिम नेपालीले गर्नु भएको थियो ।
Discussion about this post