रेडियो पञ्चदेवलले एसइई रेडियो शिक्षक कार्यक्रम प्रसारण गर्ने

35
SHARES
197
VIEWS

रेडियो पञ्चदेवलले एसइई रेडियो शिक्षक कार्यक्रम भोलीबाट प्रसारण गर्ने भएको छ ।

एसईई परिक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुका लागी पन्चदेवल बिनायक नगरपालिकाको सहयोगमा हरेक बिहान ७ः३० बजे देखी ८ः३० बजे सम्म एक घण्टा गणित र अंग्रेजी बिषयको शिक्षण कार्यक्रम प्रसारण हुने भएको हो ।

कोरोनाको कहरले एसईई परिक्षा कुरेर बसिरहेका बिद्यार्थीहरुका लागी  भवानीदेबी माद्यामिक बिद्यालयका अंगे्रजी बिषयका शिक्षक अम्मरनाथ ढकालले शिक्षण गर्नु हुने भएको छ ।

एसईई परिक्षा कुरेर बसिरहेका बिद्यार्थीहरुलाई सहजताका लागी हरेक बिहान ७ः३० बजे देखी ८ बजे सम्म रेडियो सुनेर बस्नका लागी अनुरोध गर्नु भएको छ ।

यस्तै नवज्योती माध्यामिक बिद्यालय लयाँटीका प्रधानाध्यापक तथा गणित बिषयका शिक्षक खम्मराज बुढाले रेडियो पञ्चदेवल मार्फत हरेक बिहान ८ बजे देखी ८ः३० बजे सम्म शिक्षण गर्नु हुने भएको छ । उहाँले पनि गणित बिषय रेडियोको माध्यामबाट पढ्न तथा सुन्नका लागी रेडियो सुनेर बस्नका लागी आग्रह गर्नु भएको छ ।

यस्तै रेडियो परिवर्तनबाट पनि हरेक बेलुका ५ः३० देखी ६ ः ३० बजे सम्म बिज्ञान र नेपाली बिषयको एसईई रेडियो शिक्षक कार्यक्रम सन्चालन हुने भएको छ ।

देश बन्दाबन्दीको अवस्थामा एसईई तयारी गरिरहेका बिद्यार्थीहरुका लागी यो कार्यक्रम महत्वपुर्ण रहेको र सबै बिद्यार्थीहरुले एसईई रेडियो शिक्षक कार्यक्रम नछुटाई सुन्न हुन पञ्चदेवल बिनायक नगरपालिका शिक्षा साखा प्रमुख पहल सिंह नेपालीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार