ओली-देउवा भेटवार्ता चलिरहँदा प्रचण्ड पनि पुगे बालुवाटार

44
SHARES
246
VIEWS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार दुई नेताबीच छलफल भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेका हुन्। ओली र देउवाबीच दिउँसो ३ बजेदेखि भेटवार्ता भइरहेको थियो।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका प्रमुखबीच समसामयिक राजनीतिबारेमा छलफल भइरहेको थापाले बताए। सरकारले विवादित अध्यादेश फिर्ताको निर्णयलगत्तै दुई नेताबीच भेट भएको हो। दुई नेताबीच भेट भइरहेका बेला प्रचण्ड पनि पुगेपछि तीन नेताबीच छलफल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार