काठमाडौँ । नेकपाका नेता मणी थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोगत निर्णयले देशको परिस्थिति जटिल बन्दै गएको बताउनुभएको छ । उहाँले शीर्ष तहमा रहेको व्यक्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै स्खलित बनाउने गरी अध्यादेश जारी गर्दा समेत पार्टीको महत्वपूर्ण निकाय सचिवालय समेत अनिर्णयको बन्दी बनेको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै नेता थापाले सचिवालय अनिर्णयको बन्दी बन्दा सरकार बेलगाम भएको भन्दै जटिल परिस्थितिलाई साम्य बनाउनका लागि पार्टीको स्थायी कमिटीको बैठक ठाक्न आग्रह गरिएको बताउनुभयो । उहाँले प्रधामन्त्री ओलीले ल्याएका दुई अध्यादेशले देशभरी सिर्जना गरेको विवादका विषयमा अहिले केन्द्रीय कमिटीको बैठक बोलाउन सम्भव नभएकाले तत्काल स्थायी कमिटीले निर्णय लिन आवस्यक भएको बताउनुभयो ।
थापाले अध्यादेश फिर्ता हुनपर्छ भन्ने आम नेता कार्यकर्ताको माग रहेको र यो फिर्ता नलिए नेपालको राजनीतिमा यसले विध्वम्स ल्याउने नेपालको इतिहासले नयाँ मोड लिने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको बेमौसमी बाजाले नेपाल अराजकता तिर जाने र यसले कसैका लागि फाइदा नगर्ने बताउनुभयो ।
उहाँले भननुभयो,‘प्रधानमन्त्रीले मान्नुपर्छ । उहाँले मान्नुभएन भने धेरै असहज परिस्थिति आउन सक्छ । अनौठा राजनीतिक घटनाहरु हुनसक्छन । हाम्रो पार्टी मात्रै यो भूल बाट बचाउन सकिदैन । दल विभाजको आवस्यकता महसुस गरेर आयो । पार्टीको एकताको आधारहरु खजिगर्दैमा केहि गल्ती भएका थिए । त्यसैले यस्तो अध्यादेश आयो’ ।
उहाँले पार्टी एकिकरणका आधारहरुको खोजि गर्दैमा केहि गल्ती भएको र त्यो मध्ये प्रधानमन्त्रीले अहिले अर्को महा गल्ती गरेको बताउनुभयो । यो प्रकरणले नेपालको कम्युनिष्ट आन्दोलनमा जोखिममा परेको भन्दै यो उत्कृष्ट अवसर प्रधानमन्त्रीले गुमाएको थापाको भनाई छ । उहाँले प्रधामन्त्रीले कम्युनिष्ट आन्दोलनलाई स्खलित पारेको सचिवालयमा भएका सवै नेताहरु आकासतिर मात्रै हेरिहनुभएको बताउनुभयो ।
Discussion about this post