पुर्वी अछाममा असिनापानीले पाक्न लागेको अन्नवालीमा क्षती पुर्याएकोछ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका बिभिन्न वडामा बिहिबार दिउँसो परेको असिना पानीले लाखौँ मुल्यको तरकारी , फलफुल तथा अन्नवालीमा क्षती पुगेको हो । व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको छ ।
वडा नम्वर २ बिनायकका अधिकांस किसानहरुको पाकिसकेको गहुँबालीमा परेको असिना पानीले ठुलो क्षती पुर्याएको वडा नम्वर २ विनायकका कार्यवाहक वडाअध्यक्ष पदम बहादुर शाहीले जानकारी दिनु भयो । बारीमा लगाएको गौ, तरकारी, फलफुल मात्र नभएर घासपात समेत नष्ट भएको उहाँले बताउनु भयो ।
वडा नम्वर ३ बिनायकको कुरिपाटामा स्थानीय ब्यावसायी जनक राज अधिकारीले ब्यावसायिक रुपमा निर्माण गरेको कृषी फार्ममा पनि असिनापानीले क्षती पुर्याएको छ । ब्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका अधिकारीले फार्ममा लगाएको काक्रा, वोडी, सिमी, केराउ, काउली , आलु , साग जस्ता तरकारी मात्र झण्डै ५ लाख बराबरको क्षती भएको उहाँले बताउनु भयो ।
एका तिर कोरोनाको कहर अर्का तिर असिना पानीले खेतबारीमा पाकीसकेको अन्नबाली भित्र्याउन नपाउदै नस्ट भएपछि यहाँका किसान मर्कामा परेका छन ।
देश बन्दाबन्दीको अवस्थामा र त्यसैमाथी पकृतीले पनि किसानकै अन्नबालीमा बर्जपात गरेपछि अब सरकारको बाटो हेर्दै राहात पाउने आसा कुरेर बस्नु बाहेक अरु बिकल्प नरहेको पिडीत किसानहरुले गुनासो गरेका छन ।
Discussion about this post