माता तिर्थ औशीको अवसरमा निशुल्क मास्क वितरण

16
SHARES
88
VIEWS

अछाम । चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक ब्यक्तिले माता तिर्थ औशीको दिनको अवसरमानि  निशुल्क टोलभरी एक ब्यक्ति एक मास्क वितरण गरेका छन । पायलका टेक बहादुर वोहराले विश्वभर महामारी फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि तल्ला ठाडिकाट्टे टोलभरका सबै ब्यक्ति लाई एक ब्यक्ति एक मास्कका दरले एक सय बढी मास्क वितरण गरिएको स्थानियले बताएका छन ।

प्राय सधै समाजसेवा गरिरहने वोहराले टोलभरी कोरोना भाइरस बाट बच्ने उपायबारे जानकारी गराउदै आफै मास्क सिलाएर वितरण गरेको बताएका छन । समाजसेवी बोहराले यो समय खेतिपाति पाक्ने तथा लगाउने समय भएकाले समुदाय बासिलाई सुरक्षित रुपमा काम गरि फुर्सदको समयमा घरमै बस्न आग्रह गरेका छन । समाजसेवी बोहरा पायल स्थित बैजनाथ माविमा शिक्षण पेशामा समेत कार्यरत रहेका छन ।

यसरी नै समाजको अगुवाई गर्ने ब्यक्तिले काम तथा जनचेतना फैलाउने हो भने कोरोना भाईरस नियन्त्रण हुन सक्छ । कोरोना भाईरसबाट आफु पनि बचौ अरुलाई पनि बचाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार