कमलबजारका ४ सय ३७ बिपन्न परिवारलाई बिहिबार राहात बितरण गरिदै

29
SHARES
159
VIEWS

दिनेश केशी,अछाम
कमलबजार नगरपालिकाले नगरका १० वटै वडामा बिहिबार (भोली) राहातका सामाग्री बितरण गर्ने भएको छ । विश्व कोरोनाको सन्त्रासमा आक्रान्त बनिरेका बेला र देश लक डाउनको अवस्थामा नगरभित्रका श्रमिक बर्ग,अति बिपन्न,असाहाय परिवारलाई राहत स्वरुप खाद्यान्नका सामाग्री बितरण गर्न लागेको हो ।

नगरपालिका भित्र रहेका बिपन्न परिवारको १० वटै वडा कार्यालयले पहिचान गरि बिबरण नगरपालिकामा पठाइसकेको र नेपाल सरकारको मापदण्ड अनुसार र नगर कार्यपालिकाको निर्णय अनुसार बिहिबारबाट प्रत्यक वडा कार्यालद्धारा बिपन्न परिवारका ब्याक्तीहरुलाई राहत बितरण गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्क बहादुर बिष्टले बताउनु भयो ।

नगरपालिका भित्र रहेका अति बिपन्न,श्रमिक बर्ग,असाय परिवारका ४३७ जनालाई दैनिक उपभोज्ञका सामाग्री चामल,दाल,नुन लगायतका सामाग्री बितरण गर्न लागिएको जानकारी दिनु भयो ।

बाह्य जिल्लाबाट नगरपालिकामा लकडाउन भन्दा पहिलेनै पृती कार्यका लागी र आफ्नो ब्याक्तीगत कामका लागी आएका ब्यक्तीहरुलाई हाल सम्म आवास सहित खाद्यान्नका सामाग्री उपलब्ध गराइरहेको उहाँको भनाई छ ।

अधिकृत बिष्टका अनुसार नगरपालिकामा उपलब्ध हुन लागेको राहतका सामाग्री सबै वडा कार्यालयमा पठाउने र समन्धित वडा कार्यालयले भिडभाड नगरि सामाजिक दुरि कायम गर्दै बितरण गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार