घरेलु मदिरा नियन्त्रणमा दुई पालिकाको कडा निर्णय : जनप्रनिधी मौन

92
SHARES
512
VIEWS

दिनेश केशी,अछाम

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ विनायक र रामारोशन गाउँपालिका वडा नम्वर ३ ले रामारोशनको कालापानीमा उत्पादन भइरहेको अवैध घरेलु मदिरा उत्पादनमै रोक लगाएपनि अझै घरेलु मदिरा ओसार पसार भइरहेको छ ।

२ वटा पालिकाले मदिराका बिषयमा कडा निर्णय गरेपनि जनप्रतिनिधी आफैले उक्त निर्णयको कार्यान्वयन गर्न सकेका छैनन ।

प्रहरी प्रशासन एक्लै मात्रै अहोरात्र खटिरहेको र प्रहरी एक्लैले मदिरा उत्पादनमा रोक लगाउन नसकिने इलाका प्रहरी कार्यालय बिनायकका प्रहरी नायव निरिक्षक बिरेन्द्र भुलले बताउनु भयो ।

मदिरा पुर्ण रुपमा बन्द गर्न निर्णय गरेका जनप्रतिनिधीले आफु संग कुनै समन्वय नगरेको उहाँले जानकारी दिनु भयो । कालापानीबाट दैनिक रुपमा घरेलु मदिरा लुकिछिपी आसोरपसार भइरहेको पाइन्छ र प्रहरीले आफ्नो सक्ने जती बल प्रयोग गरि उक्त मदिरा नियन्त्रण गरिरहेको उल्लेख गर्नु भयो ।

जनप्रनिधी लगायतका ब्यक्तीहरुले प्रहरी संग समन्वय गरे आफुलाई सहज हुने र आगामी दिनमा पुर्ण रुपमा उत्पादन लगायत ओसारपसारमा रोक लगाउन सकिने इलाका इन्चार्ज बिरेन्द्र भुलले  जानकारी दिनु भयो ।

मंगलबार  मात्रै रामारोशनको कालापानीबाट लुकाइ छिपाइ ल्याउदै गरेको १८३ लिटर अवैद घरेलु मदिरा बरामद गरि नस्ट नरिएको छ । अहिले पञ्चदेवलका ग्रामीण बस्तीहरुमा अवैद घरेलु मदिरा (कालापानीका थैला)ले बजार पाएको केहि स्थानीयहरुले गुनासो गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार