आफुखुशी राहात वितरण गरेको भन्दै नगरपालीकाद्धारा ध्यान आकर्षण

29
SHARES
159
VIEWS

अछाम । मंगलसेन नगरपालीकामा बिभीन्न संघ सस्था तथा व्यक्तीहरुले नगरसँग समन्वय नगरी आफुखुशी राहात वितरण गरेको भन्दै त्यस प्रती आफनो ध्यान आकर्षण भएको नगरपालीकाले जनाएको छ । आफुुखुसी राहात बाड्ने कार्य संघिय तथा स्थानीय सरकारको निर्णय बिपरित कार्य भएको भन्दै नगरपालीकाले मंगलबार एक बिज्ञपती जारी गर्दै नगरपालीकाको ध्यानआकबर्षण भएको जनाईएको छ ।

नगर प्रमुख पदम बहादुर बोहोराद्धारा हस्ताक्षरीत बिज्ञपतीमा भनीएको छ । “नगरपालीकामा बिभीन्न संघ सस्था तथा व्यक्तीहरुले नगरसँग समन्वय नगरी आफुखुशी राहात बितरण गरुेको खवर प्रती नगरको गम्भीर ध्यानआकर्षण भएको छ । साथै राहात पनि वास्तवीक राहात पाउनुपर्ने व्यक्तीले नपाउने, दोहोरापना हुनसक्ने र नगरपालीकालाई मापदण्ड बमोजीम राहात बाड्न समेत असहज हुने भएकाले यस्ता कार्य नगर्न र नगराउन हुन यसै बिज्ञपतीमार्फत जानकारी गराईन्छ” । बिज्ञपती मार्फत भनिएको छ ।

नगरपालीकाले गत चैत २६ गते बसेको बैठकबाट राहात बितरण सम्बन्धी कार्य्बिधी २०७६ पारीत गर्दै सबै वडाबाट असंगठीत श्रमीक, बिपन्न नागरीकको तथ्याङ्क संकलन कार्य पनि अन्तीम चरणमा पुगेको नगरपालीकाले जाएकोे छ । कोराना भाईरसबाट बच्न अपनाईएको बन्दाबन्दी, राजनैतीक असंगठीत श्रमीक, असाहाय, बिपन्न नागरीकमा पर्न गएको असरलाई मध्य नजर गर्दै राहात बितरणमा एकद्धार प्रणाली अपनाउन संंघीय, प्रदेश र स्थानीय सरकार, जिल्ला बिपद व्यवस्थापन समितीले बिभीन्न निर्णय गर्दै नगरले रास्ट्रिय बाणीज्य बैंकमा खाता समेत सञ्चालन ल्याईसकेको छ ।

यसरी व्यक्तीगत रुपमा राहात बितरण गर्नुभन्दा नगरपालीकाले सञ्चालनमा ल्याएको रास्ट्रीय बाणीज्य बैंकको हिसाव नम्बर ४२६०३०५०४९४०२ मा नगद जम्मा गरिदिनुहुन पनि नगरले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार