जन्मदिनको अवसरमा खड्काले ४ जना बालकलाई सहयोग गर्ने

30
SHARES
164
VIEWS

बैशाख ८ उदयपुर,उदयपुर जिल्लाको रौतामाई गाउपालिका वडा नम्बर ३ लाफागाउ बस्ने सामाजिक अभियन्ता बिरेन्द्र खड्काले आफनो २४ औ जन्म दिनको अवसरमा ४ जना बालकलाई शैक्षिक सामाग्रि प्रदान गर्ने घोषणा गरेका छन् । खड्काले जिल्लाको रौतामाई गाउपालिका वडा नम्बर ३ लाफागाउको विपन्न भुजेल परिवारका ४ जना बालक सुमन, ध्थान बहादुर, टेक बहादुर र तिलक बहादुर  भुजेल लाई रु ५,००० बराबरको शैक्षिक सामाग्रिहरुमा ४ दर्जन कापि, ४ दर्जन नै डटपेन र ४ जोर स्कुल ड्र«ेस कोरोना भाईरसको महामारी पछि उपलब्ध गराउने भएका छन् ।

अभियान्ता खड्का बिगत ६ बर्ष देखि सामाजिक सेवामा कार्यरत छन् । उनि उदयपुरमा बालबालिकाको क्षेत्रमा काम गर्ने गरेको साथै दिगो विकास लक्ष्य नं. ४ का अभियन्ता र नेपाल युवा परिषद जिल्ला शाखा उदयपुरका संयोजक हुन् । विपन्न भुजेल परिवारका ४ जना बालकलाई खड्काको पहलमा नै २०७३ सालमा कक्षा १ मा बिद्यालय भर्ना गरिएको थियो ।

साथै बालकहरुलाई नियमित बिध्यालय जान सजिलो होस भनि शैक्षिक सामाग्रि प्रदान गर्ने र आगामि बर्ष पनि यसरि नै सामाजिक सेवा गरि जन्म दिन मनाउनेुु खड्काले बताउनु भयो । यतिबेला कोरोनाभाईरसको संक्रमणको कारण देश पुरै लकडाउनको अबस्थामा रहेकाले लकडाउन खुल्ने बित्तिकै सबै बालकलाई सहयोग हस्तान्तण गरिने उहाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार