काठमाडौं । मन्त्रिपरिषद बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ । मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनवास खुमलटार पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् ।
ओलीले गौतमलाई फोन गरेर केही सल्लाह छ तपाईँ बालुवाटार आउनुर्यो भनेर बोलाएका हुन् । ओलीको फोनपछि गौतम अहिले बालुवाटार पुगेका छन् ।
पछिल्लो समय गौतम ओलीसँग चिढिएका छन् । ओलीले आफूलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा गौतम ओलीसँग रुष्ट छन् । यसैबीच नेकपाको सचिवालय बैठक आजै बालुवाटारमा बोलाइएको छ ।
Discussion about this post