बान्नीगढी जयगढ गाउँपालिकाद्धारा राहत सामाग्री वितरण

52
SHARES
291
VIEWS

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका बिभिन्न वडामा खाद्यान्नका सामाग्री वितरण गरीएको छ । बिश्वभरी माहामारीको रुपमा फैलीरहेको कोरोनाभाईरसको संक्रमण फैलीन नदीन नेपाल सरकारले गरेको लकडाउनले गर्दा दैनिक ज्यालादारी काम गरीखाने समुदायका सदस्यलाई खानाको समस्या नहोस भन्दै बान्नीगढी जयगढ गाउँपालिकाको सहयोगमा आर्थिक अवस्था कमजोर भएका तथा मजदुर वर्गलाई राहत वितरण गरीएको हो ।

गाउँपालिकाले सबै वडाका विपन्न असहाय बर्ग तथा गाउँपालिकामा कामको शिलशिलामा रहेका मजदुरहरुलाई खाद्यान्न सामाग्री राहात स्वरुप बितरण गरेको हो । गाउँ कार्यपालिकाको बैठकको निर्णय तथा मापदण्ड अनुसार १ सय ९७ जना स्थानीय र ६६ जना मजदुर लाई राहात बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर २ गाँज्राका १९ घरधुरीका वडा नम्बर २ जनालीकोटका ७ घरधुरी, वडा नम्बर ३ बर्दादेवीका ४३ घरधुरी, वडा नम्बर ४ तिमिल्सैनका १६ घरधुरी वडा नम्बर ५ कालिकाकामा ३५ घरधुरी र वडा नम्बर ६ दर्नाका ५५ जनाघरधुरीलाई राहात वितरण गरीएको छ भने गाउँपालिकामा मजदुरीको शिलशिलामा रहेका ६६ जनालाई २५ किलो चामल,२ किलो नुन,२ किलो दाल र २ पोका तेल बितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनुभयो ।

पालिका भित्रका आर्थिक अवस्था कमजोर भएका घरपरिवार, दिनभर ज्याला मजदुरी गरीखाने परिवार, बिपन्न, अपाङ्गग, एकल परिकारका सदस्य लाई राहात वितरणका लागी छनोट गरीएका व्यक्ति लाई खाद्यान्न वितरण गरीएको अध्यक्ष खड्काले बताउनुभयो ।

१ सय ९७ जना स्थानीय घरधुरी र ६६ जना मजदुरलाई राहात बितरण गर्ने निर्णय गरिएकोमा केहि व्यक्तिले राहात लिन बाँकि रहेको र उनीहरुलाई राहातका लागी सम्वन्धित वडा कार्यालय तथा गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी बसन्त रावलले जानकारी दिनुभयो । पहिलो चरणमा राहात पाएका तथा पाउन छुटेकाहरु लाई आवश्यकताका आधारमा पुनः राहात बितरण गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार