साँफेबगर नगरपालिकामा ८ सय ३७ जनालाई राहत वितरण

18
SHARES
101
VIEWS

अछाम । साँफेबगर नगरपालिकाले दुई सय ४८ परिवारका आठ सय ३७ आर्थिक अवस्था कमजोर भएका तथा मजदुर वर्गलाई राहत वितरण गरेको छ । नगरपालिकाका १० वटा वडाका आठ सय ३७ जनालाई राहत वितरण गरिएको छ ।

साँफेबगर नगरपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ मा आधारित भएर नगरपालिकाबाट प्राप्त खाद्यान्न सामाग्री वडाले वितरण गरेको साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले जानकारी दिनु भयो ।

वडा नम्बर ११ देविस्थान र वडा नम्बर १२ खप्तडमा उक्त मापदण्डका समुदाय नभए पछि राहत वितरण नगरिएको जनाईएको छ । वडा नम्बर १ वैजनाथमा ३६ परिवारका ७४ जना, वडा नम्बर २ जाल्पादेविमा २५ परिवार, वडा नम्बर ३ शिद्देश्वरमा २७ परिवार ६४ जना, वडा नम्बर ४ मष्टमान्डौंमा ८५ परिवारका ३ सय १ जना, वडा नम्बर ५ नवठानामा ९ परिवारलाई राहत वितरण गरिएको छ ।

यस्तै वडा नम्बर ६ भाग्यश्वरमा १ परिवारका ३ जना, वडा नम्बर ७ रिडिकोटमा २५ परिवारका १ सय ३ जना, वडा नम्बर ८ चण्डिकाका १२ परिवारका ६१ जना, वडा नम्बर ९ वुढाकोटमा ६ परिवारका २९ जना, वडा नम्बर १० घुघुरकोटमा ७ परिवारका २६ जना, वडा १३ बाब्लाका ४ परिवारका १६ जना र वडा नम्बर १४ पातलकोटमा ११ परिवारका ४८ जनालाई राहत वितरण गरिएको साँफेबगर नगर प्रमुख कुँवरले जानकारी दिनु भयो ।

छिटपुट रहेका व्यक्तिलाई पूनः पनि राहत वितरण गरिने नगर प्रमुख कुँवरले जानकारी दिनु भयो । लकडाउन लम्बिएमा दोस्रो चरणमा थप राहतका कार्यक्रम ल्याउने तयारीमा नगरपालिका रहेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार