भारतमा ८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि

35
SHARES
195
VIEWS

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोराना भाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट प्रभावित भएको अस्पतालले आज पुष्टि गरेको हो । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुको सम्पर्क गरेका आएकाहरुको विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ । यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ भने १५ हजार बढी संक्रमित भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार