काठमाडौं । विश्वरभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबार बिहानसम्म १ लाख ६० हजार ७ सय ४७ पुगेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमित २३ लाख ३० हजार ७ सय ८१ जनालाई कोरोना संक्रमण भएको जनाएको छ । संक्रमित मध्ये ५ लाख ९६ हजार ४ सय ८२ जनाले कोरोनालाई जितेका छन् ।
पछिल्लो समयमा कोरोनाबाट जस्वन गुमाउनेको संख्या अन्य मुलुकको तुलानामा विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा बढी छ । अमेरिकामा कोरोनाबाट अहिले ३९ हजार १४ जनाको मृत्यु भएको छ । त्यहाँ ६ लाख ३१ हजार ९ सय ८ जना संक्रमित छन् । त्यस मध्ये १३ हजार ५ सय ५१ को अवस्था गम्भीर छ । अमेरिकामा अहिलेस्सम्म ७ लाख ३८ हजार ७ सय ९२ जनालाई कोरोना लागिसकेको छ । त्यस मध्ये ६८ हजार २ सय ६९ जनाले भने कोरोना मुक्त भएका छन् ।
स्वास्थ्यमा उत्कृष्ट मुलुक मानिएको इटालीमा कोरोनाबाट अहिलेसम्म २३ हजार २ सय २७ जनाले जीवन गुमाएका छन् । त्यहाँ १ लाख ७ हजार ७ सय ७१ संक्रमित छन् । संक्रमित मध्ये २ हजार ७ सय ३३ जनाको अवस्था गम्भीर छ । इटालीमा अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ जनालाई कोरोना लागि सकेको छ । त्यस मध्ये ४४ हजार ९ सय २७ जना निको भएका छन् ।
Discussion about this post