कोरोना भाइरसबाट भारतमा प्रहरी एसपीको मृत्यु

166
SHARES
920
VIEWS

भारतमा कोरोना भाइरस (कोभिड १९) बाट एक प्रहरी अधिकारीको मृत्यु भएको छ। पञ्जाबको लुधियानाका ५२ वर्षीय एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको बताइएको छ। उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए।

उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो। तर, यो प्रक्रिया सुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो। पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले केही दिनअघि मात्र एसीपीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका हुन्।

भारतीय सञ्चारमाध्यमका आनुसार हालै उनी कुनै बाहिरी मुलुकको यात्रामा भने गएका थिएनन्। शुक्रबार पञ्जाब सरकारले उनीमाथि प्लाज्मा थेरापी दिइने बताएको थियो। उनी भारतमा प्लाज्मा थेरापी लिने पहिलो बिरामी हुने थिए।
त्यस्तै, भारतका अन्य २६ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमित भएका छन्। भारतीय जलसेनाका २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, पोजेटिभ देखिएका नौ सैनिक मुम्बईस्थित पश्चिम कमाण्डका हुन्। रिपोर्ट पोजेटिभ आएलगत्तै ती सैनिकहरूको उपचार प्रक्रिया थालिएको बताइएको छ।जलसेनामा कोरोना देखिएको यो पहिलो घटना भने होइन। यसअघि अमेरिकी नौसेनाका दर्जनौ सैनिकमा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार