सुदुरपश्चिममा संक्रमित ४ जनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ, एकको ‘नेगेटिभ’

45
SHARES
250
VIEWS

सुदूरपश्चिमका पाँचजना कोरोना संक्रमितमध्ये एकजना संक्रमितको दोस्रो ‘रिपोर्ट नेगेटिभ’ आएको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्तासमेत रहेका आकस्मिक विभागका प्रमुख डा. जगदीश जोशीले लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको ‘आइसोलेसन’मै राखिएको छ । डा. जोशीकाअनुसार लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछिमात्रै ‘डिस्चार्ज’ गरिनेछ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् अरु चारजना कोरोना संक्रमितको भने अर्को रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ । धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजिटिभ आएको हो ।

तीनजनाको तेस्रो र लम्कीचुहा नगरपालिकाकी महिलाको दोस्रो रिपोर्ट पोजिटिभ आएको डा. जोशीले जानकारी दिए । धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट यसअघि नै आइसकेकोमा अब चौथोपटक परीक्षणको तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार