प्रधानमन्त्रीको निर्देशन–‘जो जहाँ छन् त्यहीँ रोक्नू ,खान नपाए खाद्यान्न पुर्‍याउनू

12
SHARES
65
VIEWS

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् । खानको समस्यामा परेकालाई खानाको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।

मानिसहरु लकडाउनको बेला हिँडेरै आफ्नो गृह जिल्ला जान थालेका बेला शुक्रवारको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई समस्या परेका मानिसलाई खानाको व्यवस्था मिलाउन पनि भनेका हुन् ।

बैठकमा पैदलै घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने वा जसरी पनि घर जान चाहनेलाई उच्च सुरक्षासहित जिल्ला सदरमुकामसम्म पुर्याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने विकल्पमा छलफल भएको पनि बैठकमा सहभागि एक सदस्यले जानकारी दिए । बैठकमा सुरक्षा अंगका प्रमुखहरुलाई पनि बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार