सुदूरपश्चिम पठाइएका चिकित्सकलाई नौवटै जिल्ला खटाइयो

47
SHARES
262
VIEWS

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम खटाएका आवासीय चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा आवश्यकताअनुसार खटाएको छ।

यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले धनगढी पठाएका चिकित्सकलाई प्रदेशका नौवटै जिल्लामा खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले बताए। उनका अनुसार १४ चिकित्सकलाई सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, पहाडी जिल्ला अछाम, डडेल्धुरा, बझाङमा तीन/तीन जना खटाइएको छ।

बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई/दुई जना खटाइएको जनाइएको छ। खटाइएका स्वास्थ्यकर्मी अहिले एमडिएमएस गर्ने सबै जना सरकारको छात्रवृत्तिमा पढ्छन्। सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो।

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सो टोली सुदूरपश्चिम पठाइएको जनाइएको छ। –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार