लक्ष्मी धामि,बैशाख ५,अछाम
देश कोरोनाको युद्धमा लडिरहेका बेला मजदुरी गरीखाने नागरीकहरु,अध्यनको शिलशिलामा रहेका बिद्यार्थिहरु हरु लाइै केहि समाजसेबि ब्यक्तिहरुले सहयोगको अभियान थालनी गरेका छन । देश लकडाउनमा रहेकाले समस्यामा परेका उनिहरु लाई सहयोग गरीएको सहयोग अभियानमा सँलग्न ब्यक्तित्वहरुले बताएका छन ।
आज लकडाउनको २४ दिनमा समस्यामा परेका हरुको चुल्हो निभ्न नदिन मालिका बचत कोषका प्रमुख जनक बहादुर धामी,जिमि गु्रप प्रालिका म्यानेजर जगत धामी (जेम्स),हर्पल फुड प्रालिका म्यानेजर तारामान धामी,सरस्वती बहुमुखी क्यापसका कार्यबाहक सभापती भरत न्यौपाने र कर्ण बिस्वकर्माको सयुक्त पहलमा अछामको पन्चदेबल बिनायक नगरपालिका,कमल बजार नगरपालिका,मङ्गलसैन नगरपालीका,रामारोसन गाउँपालिका,,तुर्माखाँद गाउँपालीका,,ढकारी गाउँपालीका, बर्दिया जिल्ला लगाएतका करिब १३५ जना बिध्यार्थीहरु लाई यो बिपतको घडिमा सहयोग गरीएको उनिहरुको भनाई छ ।
विश्वमा महामारीको रुपमा फैलिएको करोना भाइरसका कारणले अछाम जिल्ला बाट अध्ययनको शिलशिला तथा विभिन्न कामले काठमाडौं रहनुभएका बिद्यार्थी तथा दाजुभाईहरु लाई राहत वितरण गरीएको बताईएको छ । राहात बितरण गर्दै सहयोगी हरुले यो समयमा कोरोनाको जोखिम बाट न आँत्तिन तथा सावधानि भने अपनाउन आग्रह गरेका छन ।
Discussion about this post