मंगलसेन नगरपालिकाद्धारा संचार माध्यम लाई धन्यवाद ज्ञापन

132
SHARES
429
VIEWS

अछाम । मंगलसेन नगरपालिकाले आफ्नो स्वास्थ्यलाई जोखिममा राखि निरन्तर समाचार प्रकाशन र प्रशारण गरी सहयोग गर्ने संञ्चारमाध्यामलाई धन्यवाद ज्ञापन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको अबस्थामा मंगलसेन नगरपालिकाको कोभिड–१९ सम्बन्धिका हरेक गतिबिधिलाई स्थान दिएर प्रकाशन तथा प्रशारण गरेकोमा विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गरिएको हो ।

नगरप्रमुख पदम बहादुर बोहराद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सामुदायिक रेडियो रामारोशन ठुलासैन, रेडियो अछाम, रेडियो सोसाईटी, रेडियो बान्नीगढी, रेडियो जनप्रिय, रेडियो साँफेबगर, रेडियो परिवर्तन, रेडियो पञ्चदेवल, रेडियो हाम्रो जाल्पा ढकारी तथा अनलाईन तर्फ रामारोशन टुडे, बान्नीगढी डुडे, फारवेष्ट अनलाइन, सुदुरआज डटकम, सडक मिडिया, दैनिकी मिडिया डटकम, न्यूज जागरण, जनता आवाज र निराकरण खबर अनलाइन तथा जिल्ला स्थित छापा र राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई धन्यवाद ज्ञापन गरिएको छ ।

साथै आगामि दिनमा समेत नगरका हरेक गतिविधीमा सहयोगको अपेक्षा सहित निरन्तर सहकार्यको आशा गरेको नगरप्रमुख बोहराले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार