डडेल्धुरा । डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ की ५५ वर्षीया मैनादेवी बोहराको मृत्यु भएको हो।
गहुँ थ्रेसिङका क्रममा बुधबार घाइते भएकी उनको बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। पट्टामा बेरिँदा बोहराको टाउकोमा गम्भीर चोट लागेको थियो।
उनलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुर्याइएको थियो। त्यहाँ उपचार हुन नसकपेछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनक मल्लले जानकारी दिए।
Discussion about this post