कोरोना बाट बच्न अहिले लकडाउन बाहेक अर्को बिकल्प छैन् : वडा अध्यक्ष शाह

43
SHARES
239
VIEWS

चन्द्र प्रसाद भाट,५ बैशाख,अछाम 
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को सम्भाबित जोखिमलाई मध्यनजर गर्दै वडामा बिषेश सावधानि अपनाईएकोे कमलबजार नगरपालीका वडा नः ६ ले जनाएको छ । वडा नः ६ बिरपथका वडा अध्यक्ष राम बहादुर शाहका अनुसार कोरोनाको सँक्रमण वडामा फैलिन नदिन बिषेश सतर्कता अपनाईएको छ ।

दिन प्रतिदिन कोरोना भाईरसका सँक्रमित बिरामीहरु बढ्दै गईरहेकाले यसको जोखिम बाट बच्न अहिले वडामा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । वडा अध्यक्ष शाह अहिले आफै घरदैलो गर्दै वडाका नागरीकहरु लाई यस रोगबाट सुरक्षित रहनका लागी जनचेतना फैलाईरहनु भएको छ ।

कमलबजार नगरपालिका कै पहिलो साप्ताहिक पत्रिका “सुदूर दर्पण साप्ताहिक” सँग कुरा गर्दै उहाँले जनताको स्वास्थ्य लाई मध्यनजर गर्दै नेपाल सरकारले लागु गरेको लकडाउन लाई पूर्ण रुपमा कार्यान्वयन गराउनका लागी प्रत्येक टोलहरुमा पुगि जनताहरु लाई जानकारी गराईरुहेको पनि वडा अध्यक्ष शाहले बताए ।

कोरोना बिरुद्धको खोपको आबिश्कार भै नसकेकाले यसलाई नियन्त्रण गर्नू लकडाउन बाहेक अरु बिकल्प नभएको पनि शाहको बुझाई छ । वडामा यसको सँक्रमण भित्रिन नदिनका लागी वडा भित्रिने सिमा नाकाहरुमा बिषेश निगरानी गरीरहेको बताउँदै उहाँले आफु पनि सक्रिय रुपमा लागीरहेको बताए् ।

मजदुरी गरी जिबिका चलाउँँदै आएका नागरीकहरुको बास्तबिक पिडा आफुले महसुस गरेको बताउँदै उहाँले नगरपालीका सँग समन्वय गरी वडामा अति बिपन्न,गरीब,असहाय,टुहुरा,एकल महिला,अपाङ्ग हरुको बिबरण सँकलन गरी लकडाउनको समयमा उनिहरुको चुल्हे निभ्न नदिन आफुले पहल गरीरहेको बताए । जनताकै सेवाका लागी आफु राजनितिमा लागेको स्मरण गर्दै उनले जनतालाई कहिलै पनि समस्यामा पर्न नदिने प्रतिबद्धता पनि जनाए । बास्तबिक राहात पाउनुपर्ने बर्गहरुको बिबरण सँकलन गरीएको पनि उनको भनाई छ ।

केहि दिन पहिले वडा कार्यालयको पहलमा वडा भरी ७ सय ३० साबुन समेत बितरण गरीएको पनि वडा अध्यक्ष शाहको भनाई छ । कोरोनाको सँक्रमण बाट सुरक्षित रहन नियमित सरसफाईमा ध्यान दिन,एक अर्का सँग भेटघाट नगर्न,भिडभाडमा नजान,नियमित मास्क र सेनिटाईजरको प्रयोग गर्न पनि अध्यक्ष शाहले वडा बासिमा आग्रह गर्नुभएको छ ।

कोरोनाको जोखिम लाई मध्यनजर गर्दै वडा भित्र सञ्चालनमा रहेको पसलहरु लाई पनि अत्यावश्यक काम बाहेक पूर्ण रुपमा बन्द गरीएको पनि उनले बताए । आफ्नो स्वास्थ्य भए सबै कुरा आवश्यक हुने बताउँदै उहाँले लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक आफ्नो वडाबाट बाहिर जान र बाहिर बाट वडामा भित्रिन समेत निषेध गरीएको वडा अध्यक्ष शाहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार