यसरी हुदैछ एसइई देखि १२ कक्षासम्मको परीक्षा

124
SHARES
687
VIEWS

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण अवरुद्ध परीक्षालाई थप व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने–जाने व्यवस्था गर्न केन्द्र थप गर्ने गृहकार्य थालेको हो ।

त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत अध्ययन शुरू गरेको छ । गएको चैत ६ गतेदेखि एसईई, वैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षाको मिति तय गरेको थियो । सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै त्यसअघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘होम सेन्टर नगरी एकै दिनमा परीक्षा दिएर फर्किने वातावरण बनाउन केन्द्र थप गर्न लागेका हौं ।’ उहाँले भन्नुभयो– ‘होम सेन्टर सम्भव छैन घर पायक केन्द्र बनाउन गृहकार्य गरिरहेका छौं ।’ बोर्डले एसईई र १२ को परीक्षा एकैदिन सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले बिहान एसईई र दिउँसो १२ को परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

बोर्डले मंगलबार बोर्डका सदस्य, परीक्षा नियन्त्रक र केही उच्च अधिकारीसँग छलफल चलाएको थियो । सो क्रममा अधिकांशले होम सेन्टरभन्दा पनि पायक पर्ने विद्यालयमा केन्द्र कायम गर्न सुझाएका थिए । बोर्डका अध्यक्ष पौडेलले ११ हजार विद्यालयमा होम सेन्टर कायम गर्न नसकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार