लकडाउन कडा बनाउने सरकारको निर्णय, प्रहरीलाई चेकजाँच कडा बनाउन निर्देशन

28
SHARES
155
VIEWS

काठमाडौँ । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले व्यक्तिहरूको आवतजावतलाई कडाइ गर्दै प्रहरीलाई चेकजाँच कडा बनाउन निर्देशन पनि दिएको छ ।

बैठकले बढि भन्दा बढि कोरोना चेकजाँचमा जोड दिने निर्णय गरेको छ । त्यस्तै औषधीजन्य पदार्थ नीजि क्षेत्रबाट आयात गर्दा प्रोत्साहन गर्ने र सरकारले जीटुजीबाट औषधीहरु ल्याउने निर्णय गरेको र प्रकृया पनि अघि बढेको समितिका प्रवक्ता एवं मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

आपूर्तिलाई सहज बनाउन भन्सार नाकालाइ सुरक्षीत र व्यवस्थीत बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वीरगंजस्थीत नारायणी उपक्षेत्रीय अस्पताललाई तत्कालका लागि कोरोना बिशेष अस्पताल बनाउने निर्णय पनि गरेको बिडारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार