र्यापिड टेस्ट गर्दा बागलुङकी एक महिलामा भेटियो कोरोना संक्रमण

53
SHARES
292
VIEWS

काठमाडौं । बागलुङकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। र्यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो। बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उहाँले बताउनुभयो। उहाँले यसको पुनःपरीक्षणको लागि पोखरामा पठाउने तयारी भइरहेको बताउनुभयो। आइतबारको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब आज (सोमबार) पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पठाइने उहाँले बताउनुभयो।

प्रजिअ सैंजूका अनुसार हिजोदेखि सुरु भएको र्यापिड टेस्टमा कुल ५ सय ८५ जनाको टेस्ट गरिएको थियो। संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने प्रयास पनि सुरु भइसकेको छ । संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन्। यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार