आजबाट नयाँ बर्ष शुरु, कोरोनाका कारण घरमै बसेर नयाँ बर्ष मनाईदै

37
SHARES
208
VIEWS

काठमाडौं । नयाँ वर्ष २०७७ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आज(सोमबार)बाट सुरु भएको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् । यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार