मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) आम्दानी बढ्ने छ । विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला ।आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) मनमा उत्साह र हिम्मत बढ्नेछ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ र पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। तर अरूको भर पर्ने बानीले लक्ष्य पूरा नहुन सक्छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । तपाईको पछाडी कुरा काट्नेहरु आफैं पाखा लाग्ने छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल हातलागी हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुन सक्छ। पहिले प्रतिस्पर्धा गर्नेहरूले पनि अन्त्यमा साथ दिनेछन्।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मन प्रफुल्ल रहला । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) मनमा चंचलता बढ्नेछ । समय राम्रो छैन । साथीभाईको ठूलो जमघट र खानपानमा सहभागी भइएला ।बुद्धिको उपयोगले केही काम सम्पादन हुनेछन्। मिहिनेतले विद्या तथा धन आर्जन गर्न सकिनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते) प्रिय व्यक्तिलाई अतिथिको रुपमा स्वागत सत्कार गर्न पाइएला । समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । मनोरञ्जनमा अलमलिनाले महत्त्वाकांक्षी काममा बाधा हुन सक्छ। सुरुमा लोभ–लालच देखाउनेहरूले फसाउन सक्छन्। काममा अरूको भर पर्दा धोका पाइनेछ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू) स्वास्थ्य सम्बन्धि समस्या आउने छ । मन दोधार होला ।आर्थिक कारोबारमा पूर्ण सफलता मिल्ला । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे) शैक्षिक क्ष्ँेत्रभने मध्यम रहला । सांस्कृतिक तथा सांगितिक कार्यक्रममा सहभागी भइएला ।समय मध्यम खालको छ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी) समय उत्तम खालको छैन । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति नहोला ।पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूबाट सावधान भने रहनुपर्ला।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला ।हडबडीले काममा समस्या निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) पुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला ।तपाईले गरेका कामको चौतर्फि प्रशंसा होला । माया प्रेमको क्ष्ँेत्रमा पूर्ण सफलता मिल्नेछ ।गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्ला। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
Discussion about this post