मंगलसेन क्वारेन्टाइनमा बसेका ५३ जनालाई घर पठाइयो

44
SHARES
244
VIEWS

अछाम : मंगलसेन नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेकालाई घर पठाइएको छ । भारतबाट आएर चैत १२ गतेदेखि सदरमुकामस्थित क्वारेन्टाइनमा बसेका ५३ जनालाई घर पठाइएको हो । भारतका विभिन्न सहरबाट कैलालीको गौरीफन्टा नाकाहुँदै आएर क्वारेन्टाइनमा बसेकालाई सम्बन्धित स्थानीय तहले आ-आफ्नो पालिकाबाट गाडी पठाएर सुरक्षित रुपमा घर पठाएका जनाइएको छ ।

क्वारेन्टाइनमा बसेकाले कोरोना भाइरस रोकथामका लागि सरकारले बनाएको न्युनतम मापदण्ड पूरा गरेका थिए। कोरोना जाँचका लागि लिइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताए ।

क्वारेन्टाइनमा बसेकालाई खादा ओढाएर प्रमाणपत्रसहित स-सम्मान बिदाइ गरिएको छ । क्वारेन्टाइनको व्यवस्थापन राम्रो रहेको र आफूहरुमा पनि कोरोना छैन भन्ने प्रमाणित भएको भन्दै उनीहरु खुसी हुँदै घर गएका छन्।

क्वारेन्टाइनमा बसेकालाई आ-आफ्नो गाउँमा गएर सरकारले गरेको लकडाउनलाई पालना गर्न र सरकारको अभियानलाई सघाउन आग्रह गरिएको छ । क्वारेन्टाइनमा बसेकालाई जिल्ला समन्वय समित प्रमुख नरबहादुर कुवर, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेललगायतका व्यक्तिले बिदाइ गर्दै गाउँमा गएर पनि कोरोना भाइरस विरुद्ध सचेतना फैलाउन र कोरोनाविरुद्धको विश्वव्यापी लडाइलाई सहयोग गर्न आग्रह गरिएको छ।

मंगलसेन नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा जिल्लाका विभिन्न ८ स्थानीय तहका ३ बालबालिकासहित ४१ पुरुष र १२ महिला गरी ५३ जना बसेका थिए । उनीहरुलाई नगरपालिकाले खाना, नास्ता, सरसफाइ सामग्रीसहित हरेक दिन स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क समेत स्थापना गरेको थियो ।

यो अवधिभर क्वारेन्टाइनमा बसेकामा कुनै पनि स्वास्थ्य समस्या नआएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मानबहादुर सोडारीले जानकारी दिए। अन्‍नपूर्णपाेष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार