काठमाडौं चैत्र ३० । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले आफुहरुले गाँजा बैधानिक बनाउन खोजेको ग्रामीण र गरीब जनताको लागी भएको बताएका छन। शनिवार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै युवा नेता शाहले भनेका छन “नेपाली जनताकोको समृद्धिको लागी,देशको अर्थतन्त्रलाई मज़बूत बनाउनका लागी नेपालमा गाँजा वैधानिक हुनु पर्छ यसको बिकल्प छैन।” शाहले गाँजा बैधानिक बनाउन अझै प्रयाप्त बहस गर्नुपर्ने भएकाले हतार गर्न नहुने तर्क पनि गरेका छन। नेकपाका सांसद शेर बहादुर तामाङले लेखेको आर्टिकल माथी टिप्पणी गर्दै शाहले उक्त धारणा सार्वजनिक गरेका हुन। शाहले सामाजिक संजालमा सार्वजनिक गरेको धारणा यस्तो थियो:
धन्यबाद माननीय शेरबहादुर तामाँग ज्यू , तपाईहरूले गाँजालाई वैधानिक गराऊन खेल्नु भएको भूमिकाको लागी !
नेपाली जनताकोको समृद्धिको लागी , देशको अर्थतन्त्रलाई मज़बूत बनाउनका लागी नेपालमा गाँजा वैधानिक हुनु पर्छ यसको बिकल्प छैन ! यसलाई बैधानिक बनाऊनै पर्छ तर हतार नगरौ ! अझै प्रयाप्त बहस आबस्यक छ !
हामीले गाँजा बैधानिक बनाउन खोजेको ग्रामीण र गरीब जनताको लागी हो ! गाँजा गरीब जनताको आशा र भरोसा हो भनेर हो ! त्यसैले हरेक जनताको भरोसा गाँजा कसरी हो त ? यो बुझाउन आबस्यक छ ! गाँजा बाट कुन कुन उत्पादन गर्न सकींछ ? त्यसको बजार कहाँ हो ? मूल्य के कती हो ? हरेक जनताले जानकारी पाउनु पर्छ ! हरेक जनताले गाँजा खेती र यसको उत्पादनमा मेरो सम्भावना कहाँ नेर हो बुझ्न पाउनु पर्छ !
गाँजालाई गैर अपराधिकरण गर्न जरुरी छ जून कुरा विधेयकले स्वीकार गरेको छैन ! गाँजा बैधानिकता पछि ठुला अन्तराष्ट्रीय कम्पनीले कब्जा गर्ने र जनता हिस्स पर्ने अबस्था आयो भने नेपालमा अर्को विद्रोहलाई कसैले रोकन सक्ने छैन ! त्यसैले हरेक बुदा बुंदामा रास्ट्रीय बहस आबस्यक छ ! गाँजा मात्र होईन सम्पूर्ण जड़ीबुटीका तत्व पहिचान गर्ने रसायन कारखाना समेत नेपालमा स्थापना गर्ने र साना साना उधोगहरू स्थापना लाई प्राथमिकता दीएर बढ़ी भन्दा बढ़ी जनताले बढ़ी आम्दानी लीन पाउने अबस्था सृजना गरिनु पर्छ ! गाँजा खेती र यसका उत्पादनको बारेमा संसार भरीका अभ्यासहरूको अध्ययन गरेर हाम्रो मौलिक मोडेल तयार गर्न आबस्यक छ त्यसैले प्रयाप्त रास्ट्रीय बहस आबस्यक छ ! यो देश समृद्धिको मुद्दा हो त्यसैले कोरोना आतंकबाट साबधानी अपनाएर यो देशबन्दीको अबस्थालाई समेत उपयोग गरेर – गाँजाको सम्बन्धमा रास्ट्रीय बहसलाई खुल्ला गरौ ! देश विदेशमा रहेका बिज्ञ र जानकारहरूका धारणा लाई प्राथमिकता दीएर छलफल गरौ र यही अनुसारको कानुन पारित गरौ !
राष्ट्रीय आबस्यकताका कारण मात्र होईन अन्तराष्ट्रीय अबस्था र परिवेशका कारण पनि गाँजा त वैधानिक गर्नु नै पर्छ त्यसैले गाँजा खेतीको कानुन चाही जनताको पक्षमा ल्याऊने गरी निर्माण गरौ ! धन्यबाद !! जय नेपाल !
Discussion about this post