चौरपाटी गाउँपालिकाद्धारा २५ लाख रकमको विपद राहत कोष स्थपना

220
SHARES
158
VIEWS

अछाम । चौरपाटी गाउँपालिका राहत ब्यवस्थापन तथा वितरण गाउँ समन्वय समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । राहत ब्यवस्थापन तथा वितरण गाउँ समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा २५ लाख रकमको विपद राहत कोष स्थपना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ संक्रमण तथा असरका कारण समस्या परेका ब्यक्ति वा श्रमिक तथा दैनिक ज्यालागरी खाने परिवारले निवेदन दिए उक्त ब्यक्तिको अवस्था विश्लेषण गरी १५ दिनका लागि प्रतिब्यक्ति १० किलो चामल, ३ केजि दाल, एक लिटर तेल, एक केजी नुन दिने निर्णय गरेको छ ।

यस्तै बैठकले गाउँपालिका मुख्य बजार चौखुट्टे,चौरपाटी, गैरीलेक, झाडवजार लगायत सात वटै वडाका पसल अनुगमन गर्नुका साथै कालोवजारी गरेको पाइए कारवाहि गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वडामा खाद्यन्नको कमि हुन नदिन स्थानिय ब्यापारी सँग समन्वय गरी समस्याको समधानको लागि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले विपद तथा राहत कोषमा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदद्धारा १८ हजार, उपाध्यक्ष माया कुँवरद्धारा १५ हजार प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशीद्धारा १५ हजार, सात वटै वडाध्यक्ष द्धारा १० का दरले ७० हजार, ६ वटै कार्यपालिका सदस्यद्धारा ५ हजारका दरले ३० हजार राहत जम्मा गर्ने घोषणा गरेका छन ।

यस्तै गाउँपालिकाका सबै कर्मचारीबाट ७ दिनको तलब विपद तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बैठकले विपद तथा राहत कोषमा समाजसेवी, बुद्धिजिवीहरुलाई स्वच्छिक अनुसार रकम जम्मा गर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार