काठमाडौँ । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय,निर्देशन र सुझाव अनुसार सरकारले अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउनुभएको छ । सरकारका काम प्रभावकारी नभएको जनगुनासो बढेपछि सचिवालयको बैठक डाकिएको र बैठकले सरकारका कामकारवाही देखि देशभरीको अवस्थाका विषयमा छलफल गरेको जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री खदिमा चलेको हल्लाका विषयमा प्रधानमन्त्रीलाई सोध्ने काम गरिएको भन्दै कोरोना विरुद्धका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लाने र स्वास्थ्य सामाग्री लगयताका सामान खरिद गर्दा अनियमितता भए नराम्रो हुने चेतावनी दिएको बताउनुभयो ।
उहाँले औषधी खरिदमा अनियमिता भएको विषयमा आफुलाई पनि धेरै जानकारी नभएको कुरा प्रधानमन्त्रीले बताएको र अन्य धेरै विषयमा आधा जसोको मात्रै जवाफ आएको भनाई राख्नुभयो । खनालले अनियमितता भएको हो भने उनिहरुमाथि कडा भन्दा कडा कारवाही गर्न प्रधानमन्त्रीलाई भनिएको भन्दै कुनै पनि नेकपाको नेताले भ्रष्टचार गरेको ठहर भए पार्टीले उसलाई छुट दिन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले केहि पनि भएको छैन भन्न नसक्नु भएको भन्दै खनालले सरकार प्रभावकारी भएन भने अहिले राष्ट्र लथालिङ्ग हुने र यो विपत्तिमा औचित्य पुष्टि हुनेगरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । पार्टी्भित्र अहिले नै सरकार र मन्त्रीहरुको विकल्पबारे छलफल नभएको जानकारी दिदै उहाँले पार्टीको भावन विपरित गएर कुनै पनि मन्त्रीले काम गरेको भेटिए र सरकारले प्रभावकारी काम गर्न नसके सरकारबारे निर्णय गर्न पार्टी बाध्य हुने दावी गर्नुभयो ।
वरिष्ठ नेता खनालले भन्नुभयो,‘दुइतिहाको बहुत छ । जनताले साथ दिएका छन् । सरकारले पारदर्शी भएर काम गर्नुपर्छ । त्यसो भएन भने पार्टीले गम्भिर निर्णय गर्न सक्छ । सरकारले काम गरेन भने पार्टीले निर्णय गर्छ । हामीले प्रधानमन्त्रलाई भनिरहेका छौ राम्रो काम गर्नुस । पार्टीको सुझाव अनुसार प्रधानमन्त्रीले काम गर्नुपर्छ । त्यो भएन भने विकल्पका कुरा आछन्’ ।
Discussion about this post