अछामबाट २ सय २६ जनाको स्वाब काठमाडौं लगियो

140
SHARES
777
VIEWS

टेकराज भण्डारी, अछाम । अछाममा दुई दिन लगाएर २ सय २६ जनाको कोरोना भाईरस भए नभएको परिक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना भाईरसको संक्रमण परिक्षण गर्नका लागि आएको नेपाली सेनाको हेलिकप्टर सहित स्वास्थ्यकर्मीको टोलीले जिल्ला सदरमुकाम मंगलसेन, बयालपाटा अस्पताल र कमलबजारमा गरि १९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरिएको हो ।

स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ४५ जना पुरुष र ६ जना महिला गरी ५१ जना, सदरमुकाम मंगलसैनको क्वारेन्टाइन तथा जिल्ला अस्पतालमा गरि ९० जना पुरुष र १७ जना महिला गरि १ सय ७ जना र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा ६२ जना पुरुष र ६ जना महिला गरि ६८ जनाको नमुना स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

सम्भावित कोरोना संक्रमितका रुपमा हेरिएका बिभिन्न स्थानीय तह, क्वारेन्टाइन र जिल्ला अस्पतालमा रहेका बिरामीको स्वाब परिक्षणका लागि संकलन गरिएको मंगलसैन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले जानकारी दिनुभयो ।

अछाममा मंगलबार र बुधबार दुई दिन लगाएर संकलन गरिएको स्वाब काठमाडौं लगेर परिक्षण गरि रिपोर्ट तयार पारिने टोलीमा खटिनु भएका भेरी अञ्चल अस्पताल बाँकेका ल्याब टेक्नीसियन प्रसिद्ध ढकालले बताउनुभयो ।

मंगलबार आएको स्वास्थ्यकर्मीको टोलीले पहिलो दिन बयालपाटा अस्पताल र मंगलसैनमा स्वाब संकलन गरेको थियो । मंगलबार नै अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा पनि नमूना स्वाब संकलन गर्ने लक्ष्य राखीएकोमा समय अभावका कारण बुधबार बिहान ९ बजेतिर स्वाब संकलन गरिएको कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्टले जानकारी दिनुभयो ।

२ जना नेपाली सेना र ३ जना अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी गरि ५ जनाको टोली स्वाब संकलनका लागि हेलिकप्टर सहित मंगलबार अछाम आएको हो । स्वाब संकलन गरि टोलि काठमाण्डौँ तर्फ गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार